महिला चलचित्रकर्मी सशत्तीकरण समितिलाई कोमल वलीको ‘सल्युट’

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७६, आईतवार

काठमाडौं । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशत्तीकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको छ । वोर्डका अध्यक्ष केशव भट्टराईको सभापतित्वमा आयोजना शुक्रबार भएको कार्यक्रममा संगीतकर्मी, चलचित्रकर्मी, समाजसेवीलगायत विभिन्न क्षेत्रबाट प्रतिनिधिको उपस्थिति रहेको थियो ।

फिल्म हेरिसकेपछि कार्यक्रमको मुख्य अतिथि एवम् सांसद कोमल वलीले फिल्म राम्रो रहेको प्रतिक्रिया दिइन् । ‘यो फिल्म हाम्रो समाजको ऐना हो । फिल्म क्षेत्रमा यसरी महिला सहभागिता बढेको देख्दा अत्यन्तै खुशी छु । यो टिमलाई मेरो सल्युट छ’ उनले भनिन् ।‘सल्युट’लाई आशुका अर्याल (अस्कर फिल्म कलेज), अम्बिका भण्डारी (नेपाल फिल्म एकेडेमी), मेरोन राजभण्डारी (नेपाल फिल्म एकेडेमीका)ले मिलेर निर्देशन गरेका हुन् । सब्बु सुवेदीको पटकथामा बनेको चलचित्रमा संजिता लामा (एभरेष्ट फिल्म एकेडेमी) र प्रिया राजकर्णिकार (एभरेष्ट फिल्म एकेडेमी) को छायांकन छ । मनीषा धमला (आभाष इन्सिस्चूट)को सम्पादन रहेको चलचित्रको निर्देशक टिमलाई समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले चलचित्र निर्देशनमा सहयोग गरेकी हुन् । जया ओझाले स्क्रिप्ट तयार पार्नलाई सब्बुलाई सहयोग गरेका हुन् ।

चलचित्रमा एउटा परिवारको श्रीमान् र श्रीमतिबिच भएको व्यवसायिक द्वन्द्व समावेश छ । कलाकार मोहन चाम्लीङ, शेसुका राई,बसन्त रिजाल, चन्द्रा थापा, थमान सिं पुर्जा पुन, ओमकृष्ण भण्डारी, विष्णु ठकुरी, भरत रौनियार, एन्जल श्रेष्ठ, आविश्कार रेग्मी, सन्तोष चाम्लीङ, जयकुमार कार्की ढली, सागर रौनियार, अलविन तिरुवा, सुमित्रा पाखरिन, सुस्मिता तामाङले यस चलचित्रमा अभिनय गरेका छन् ।फिल्म निर्माणको अवधाराणालाई वोर्ड अध्यक्षले सुरुवातदेखि नै साथ दिँदै आएको थियो । समितिको संयोजक शबनम मुखियाले यस अवधाराणाबारे वोर्ड अध्यक्षलाई सुनाएसँगै ‘सल्युट’ निर्माण अघि बढेको हो । यस कथाका परिकल्पनाकार शबनम मुखिया हुन् ।

हाल शबनम मुखिया संयोजक रहेको यस महिला चलचित्रकर्मी सशक्तिकरण समितीमा निर्देशक संगीता श्रेष्ठ, फिल्म लेखक जया ओझा, फिल्म पत्रकारहरु गीता अधिकारी, सबिता पोखरेल र रीना मोक्तान सदस्य छन्। त्यस्तै बोर्डका तर्फबाट अधिकृत निर्मला चौलागाई सहभागी छिन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु