‘कृष्ण–लीला’ को दोश्रो गीतको यस्तो चर्चा

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार
Krishna leela

काठमाडौ । चैत्र २७ मा प्रदर्शन हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’ शुक्रबार सार्वजनीक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ र नवीन रेग्मी जमेर नाचेका छन् । नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन ।

दीपक ओली निर्देशीत फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीत सार्वजनीक गरिएको थियो । सो गीतले एघार लाख बढी भ्यु पाइसकेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको हो । नयाँ बर्ष ०७८ को अबसर पारेर प्रदर्शन गर्न लागीएको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म शिब ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् भनेश्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प,श्रद्धा, बुद्धि, रबिन्द्र, नवीन रेग्मी, भावनाका साथमा हिउँवाला गौतम, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको बितरक पनि आरआर फिल्मस्नै हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु