एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्रै भो’

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार

काठमाडौ । एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्रै भो’ प्रसारण हुन थालेको छ । हाँस्य सिरियल ‘कुरा मात्रै भो’ नेपाल टेलिभिजन प्लसबाट हरके शुक्रबार साँझ आठ बजे देखि प्रसारण हुन थालेको हो ।


सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस टेलिसिरियललाई दर्शकहरुले मन पराइरहेका छन् । सिरियलले अहिलेको समय सापेक्षलाई हाँस्य खुराकले दर्शकलाई मनोरञ्जन दिने निर्देशक गौतमले बताए । निर्देशक गौतमका अनुसार सिरियलमा , कमेडी , राजनितिक बिषय बस्तु आधारित बढि तार्गेट गरिएको निर्देशक गौतमले जानकारी दिए ।

सिरियलमा उत्तम अर्याल कोदे ,लक्ष्मण चौलागाई , जयराम सापकोटा , धर्मराज आचार्य (स्याल बुढो), भोला अधिकारी ,दिनेश तामाङ , पनिशा कार्की,सुमित्रा रिमाल , राम चन्द्र थापा लगायत नयाँ पुराना कलाकाहरुले अभिनय गरिहेका छन् । कलाकार भोला अधिकारीका अनुसार यो सिरियललाई दर्शकले मन पराइदिनेमा आफु विश्वस्त रहेको बताए ।


सिरियलमा साहित्यकार सनत आचार्यको कथा पट कथा रहेको छ । राम चन्द्र थापाको प्रस्तुति रहेको छ । जसमा कमल श्रेष्ठ निमार्ता,क्यामारामा जनक राज अधिकारी ,सम्पादन राज श्रेष्ठ ,कार्यकारी निर्माता राजु श्रेष्ठ रहेका छन् । साथै दर्शक श्रोताहरुले युट्युब च्यानल जेशिका इन्टरटेन्मेन्टबाट पनि हेर्न पाउने भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु