संचार मन्त्री शर्मालाई निर्देशक लक्ष्मण सुवेदीले गरे चलचित्र ‘सतीदेवी’ बारे ब्रिफिङ

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक,यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।
मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक,निर्माता,निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष,सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको बिकास,बिस्तार र श्रीबृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारी प्रदान,मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।

निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको बिषयबस्तुको बारेमा बिस्तृतमा ब्याख्या गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्र बारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले बिशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए । मन्त्री शर्माले आफू सधै नेपाली चलचित्रको गुणस्तरिय र ब्याबसायिक बिकासको पक्षमा रहेको जोड दिदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागीपरेको बताइन् ।

मन्त्री शर्माले चलचित्र अभिब्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला,भाषा,संस्कृतिको बिकास र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै चलचित्रकर्मीहरुले मौलिक चलचित्र निर्माणमा लाग्नु पर्ने धारणा राखिन् ।

संचारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लीत र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतीका लागि केही गरौं भन्ने भावनायुक्त पाएको बताउदै मन्त्री शर्माले समग्र चलचित्र क्षेत्रको जिम्मेवारीपूर्ण अभिभावकत्व बहन गरेको उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु