चलचित्र लभ स्टेशनको पोष्टरमा देखाइयो प्रदिप र जसिताको प्रेम

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । सांगीतिक प्रेम कथामा आधारित चलचित्र लभ स्टेशनको केहि पोष्टर सार्वजनिक गरिएको छ । पहिलो पटक सार्वजनिक गरिएका चलचित्रका पोस्टरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेम भावलाई प्रस्तुत गरिएको छ ।
उज्जवल घिमिरेले निर्देशन गरेको ‘लभ स्टेशन’को परिचयात्मक पोस्टर सार्वजनिक गरिएको हो । ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट प्रदर्शनको प्रचारमा रहेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै पोष्टर सार्वजनिक गरिएको चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाही बताउउँछन् ।

चलचित्रका सार्वजनिक सबै पोष्टरको डिजाईन आनन्द महर्जनले गरेका हुन् । लभ स्टेशनको जुन तारा चाहिंदैन बोलको गीत सार्वजनिक भैसकेको छ । अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् ।

चलचित्र लभ स्टेशनमामा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितका कलाकारले अभिनय गरेका छन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

A004_C032_01302I

दार्जिलिङपछि काठमाडौंमै ‘लभ स्टेशन’ !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु