चलचित्र ‘लभ यु हमेशा’ को भिडियो कन्टेस्ट घोषणा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

चलचित्र ‘लभ यु हमेशा’को ‘भिडियो कन्टेस्ट’ घोषणा गरेको छ । ‘लभ यु हमेशा’ को निर्माण ब्यानर धर्मा क्रियशनले बिजेता भिडियो निर्माणकर्तालाई चलचित्रका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमीयरमा सहभागी हुन पाउने तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेजलगायत बिभिन्न उपहार प्रदान गरिने जनाएको छ । भिडियो प्रतियोगीताको बिजेता घोषणा भदौ २१ मा गरिने छ ।

भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलगुडी, काठमाडौंपछि हाल फिलिपिन्समा छायाँकन भइरहेको यो चलचित्रमा भासुको सङ्गीत र एनवी महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र भदौ २७ गते देखि देशभरका सिनेमाघरमा आउने भनिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु