२२ कार्तिकमा ‘लभ यू हमेशा’, शीर्ष गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १६ भाद्र २०७६, सोमबार
love you hamesha

काठमाडौं । आगामी २२ कार्तिकमा प्रदशेनको मिति तय गरेको नेपाली चलचित्र ‘लभ यू हेमशा’ले शीर्ष गीत ‘लभ यू हेमशा’ सार्वजनिक गरेको छ । आगामी २२ कार्तिकमा नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १)मा भारतमा प्रदर्शन गर्ने उद्देश्यका साथ चलचित्रले शीर्ष गीत सार्वजनिक गरेको हो । चलचित्रको शीर्ष गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योञ्जनको फिचर्ड रहेको छ । गीतको दृश्य भने फिलिपिन्सको समुन्द्री तटमा छायाँकन गरिएको हो ।


चलचित्रको शीर्ष गीत लभ यू हमेशामा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतमा कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् । धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङले चलचित्रलाई निर्माण गरेका हुन् । चलचित्रको सहनिर्माता भने मिलन गुरुङ रहेका छन् । चलचित्रलाई भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो ।
चलचित्रमा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय रहेको छ । शिब ढकालको छायाँकन रहेको यस गीतमा एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको बितरण भने रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु