राष्ट्रकविलाई ५१ हजार नगद सहित सम्मान प्रदान गर्दै गीतकार उपाध्यायको ‘एकैपटक ७ एल्बम बिमोचन’ !

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७५, सोमबार
काठमाडौं । गीतकार डी.आर. उपाध्यायले नेपाली एल्बम प्रकाशनमा एकैपटक ‘एकैपटक ७ एल्बम बिमोचन’ गरेर नयाँ रेकर्ड राखेका छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गराएर यो कृर्तिमानी काम गरेका हुन्।
‘प्रतिनाद सांगीतिक साँझ’ नाम दिईएको कार्यक्रममा  वरिष्ठदेखि कनिष्ठ गीतकार , संगीतकार, गायक गायिका, चलचित्रकर्मी, पत्रकारहरुको वाक्लो उपस्थिती रहेको थियो । जखम, माउन्टेन मेलोडी,नसालु नजर,जोहो,अन्तराप,प्रतिनाद र सहेली एकैपटक विमोचन भएका थिए।यि एल्बमहरुमा बुलु मुकारुंग , सन्तोष श्रेष्ठ र सागर अधिकारीको संगीत छ भने तिन दर्जन गायक गायिकाले गीत गाएका छन् । एल्वममा एक दर्जन बढी गायक गायिकाहरुले स्वर भरेका छन् ।

बिमोचनको साथमा राष्टकवि माधब प्रसाद घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई नगद ५१ हजारको थैली सहित स्वर्णपत्र सहित सम्मान गरिएको थियो । प्रतिनाद सांगीतिक साँझ’ नाम दिईएको विमोचन कार्यक्रममा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत लाईभ प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको कार्यक्रममा राष्ट्रकविले गीतकार उपध्यायलाई बहुआयमिक ब्यक्तिको रुपमा समेत चर्चा गरेका थिए ।

यसको अलबा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो । डी.आरका गीत सुन्दा उनी बहुआयमिक देखिन्छन् । शब्द केलाउन सिपालु छन् । नेपाली संगीत भन्डारमा राम्रा राम्रा एल्बम दिएर’प्रंशसनिय काम’ काम गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु