‘धेरै दिन’मा संगीतकार महेश खड्कासँग गायिका सुशीला बस्नेतको सहकार्य

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०८१, सोमबार ००:२६

काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ ।

मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र आकृति बस्नेतले अभिनय गरेका छन् । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका छन् । प्रवीण भट्टको सम्पादन रहेको छ ।

गायिका सुशीला लामो समयदेखि संयुक्त राज्य अमेरिका बस्दै आएकी छन् । प्रवासमा रहेर पनि उनले नेपाली गीत–सङ्गीतलाई निरन्तरता दिएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु