‘विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिप’ मा नेपालका महेश्वर महर्जनले जिते स्वर्ण पदक

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७५, आईतवार

‘विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिप’ मा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन्।

थाइल्याण्डको चाङमईमा भइरहेको १० औं ‘विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिप’ मा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन्। १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए।

नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो। गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन्।

महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औं एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औं संस्करणमा च्याम्पियन र १४औं तथा १५औं संस्करणमा दोस्रो भएका थिए।

मिसेस इन्टरनेशनल चन्दा थापालाई रिवनको बधाई

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु