मिसेस इन्टरनेशनल चन्दा थापालाई रिवनको बधाई

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७५, आईतवार

काठमाडौं । केहि समय अघि सिगापुरमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ नामक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि चुमेकी चन्दा थापा गिरीलाई बधाई ज्ञापन गर्दै रिवन इन्टरटेनमेन्टले शनिावर एक कार्यक्रम आयोजना गरेको छ ।
रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा केही समय अघि राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीले सिंगापुरमा सम्पन्न विबाहित महिलाबिचको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा यो सफलता हात पारेकी थिईन। सिंगापुरको आर्केड कन्ट्रि क्लबमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ मा गिरीले पे्रmण्डली इन्टरनेशन उप उपाधि पनि चुमेकी थिईन््।

 


कार्यक्रममा बोल्दै चन्दाले फेसबुक चलाईरहेको बेला आफुले मिसेस नेपाल इन्टरनेशनल २०१८ को बारेमा थाहा पाएको र परिवारको स्विकृती लिएर प्रतिस्पर्धामा भाग लिएको बताईन्। नेपालमा ३६ जनाबाट छानिएर सिंगापुरमा आफ्नो प्रतिभा देखाउने अवसर पाएँ। त्यहाँ निकै बलिया महिलाहरु हुनुहुन्थ्या।े त्यहा गएर नेपालललाई चिनाउन पाउदा निकै गौरवान्तित छु। मलाई साथ र सहयोगको लागि मरो रुीमान र परीवारलाई त्रन्यवाद भन्न चाहन्छु उनले भनिन्।

 


कार्यक्रममा चन्दालाई बधाई दिदै नायक तथा मिसेस नेपालका निर्णायकमध्येका एक आर्यन सिग्देलले आफुहरुले नाचघरमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१८ मा चन्दालाई मिसेस नपाल बनाएर सहि निणर्य गरेको बताए। हामीले त्यो बेला सह िनिणर्य ग¥यौ जसतो लागेको छ। उनले नेपाललाई चिनाईन् आर्यनले भने। सास्कृतीक सस्थानका महाप्रवन्धक राजेश थापाले नेपालको नाम उच्च राखेको भन्दै चन्दालाई बधाइ्र्र दिए। यस्तो राम्रो कामको लागि सास्कृतीक सस्थानले सधै साथ दिन्छ। निर्णायक, अभिनेता तथा रङ्गकर्मी विरेन्द्र हमालले आफुलाई भन्दाले यस्तो सफलता हासिल गर्ने कुरामा पहिले नै विश्वस्त भएको बताए।

चन्दाका पति उपेन्द्र गिरीले चन्दामा धेरै प्रतिभा छ भन्ने कुरा थाहा भएको तर आफहरुको मात्र नभएर देशकै नाम राख्न सक्ने प्रतिभाको बारेमा चाहि थाहा नभएको भन्दै बधाई दिए।

प्रतियोगितामा नेपालका तर्पmबाट रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ र २०१७ तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल ग्ल्याम २०१८ प्रतियोगिताका विजयीहरु मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जन सहभागी थिए। नेपालबाट प्रतिनिधित्व गर्ने सबैलाई सफलता मिलेको थियो। मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डेले इन्टरनेशनल वेष्ट ट्यालेन्ट, एलिगेन्स व्युटी र व्युटी एमबेसडर उपउउपाधि जितेकी छिन् भने मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ द इयर, इन्टिलेक्चुअल व्युटी र वेष्ट सेल्फ इन्टरडक्सन उपउपाधि चुमेकी थिइन्। यी प्रतियोगिहरुले अक्टोबर २८ देखि नोभेम्बर २ सम्म जारी मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गरेका थिए। प्रतियोगितामा नेपालसहित अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले स्पर्धा गरेका थिए। प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा भएको थियो।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु