अभिनेत्री महिमा सिलवाल र बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७६, बिहीबार
Mahima Silwal

काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । बुधवार साँझ ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको थियो भने बहिनी सर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभिनेत्री महिमा र बहिनी सर्मिला स्कुटरमा काठमाडौंबाट चितवन घर जाँदै थिए । अहिले अभिनेत्री महिमाको पार्थिव शरीर गजुरीमा र सर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टरमा राखिएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनीद्वारा अभिनीत आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् ।
म्यूजिक खबर परिवार अभिनेत्री सिलवाल र उनकी बहिनीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु