‘मखमली’को नयाँ गित “बिर्सन सजिलो भएन” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । आउँदो मंसिर १३ गतेदेखि प्रर्दशामा आउने नेपाली कथानक चलचित्र मखमली मखमलीको नयाँ गित “बिर्सन सजिलो भएन” गीत सार्बजनिक भएको छ । राजु गिरी प्रोडक्सनको व्यानरमा सावित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मखमलीमा समावेस सार्वजनिक भएको गीत राजेन्द्र थापाले लेखेका हुन् भने बसन्त सापकोटाको संगीतमा रहेको छ । उक्त गीतमा इतु जोजिजुले स्वर भरेकी छिन ।

राजु गिरीको निर्देशनमा निर्माण भएको उक्त चलचित्रको गीतको भिडियोमा नायक जयक किशन बस्नेत र नायिका शुभेच्छा थापाको दमदार अभिनय रहेको छ । जय किशन बस्नेत र शुभेच्छा थापाको साथमा सबिन बाँस्तोला, सारदा गिरी (काली बुढी), सावित्रा चिलुवाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । त्यसै गरी अनिल राईको नृत्य, अशोक खड्काको द्वन्द, रामेश्वर हुमागाईंको छायाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु