अस्पताललाई अभिनेत्री मनिषाले गरिन् भेन्टिलेटर सहयोग

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार
manisha-koirala

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितको उपचारको लागि ४ ओटा भेन्टिलेटर मेशिन सहयोग गरेकी छन्।

सामाजिक अभियन्ता समेत रहेकी कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई ४ ओटा भेन्टिलेटर सहयोग गरेकी हुन्।

कोरोना भाइरस महामारीले धेरै प्रभाव पारेको क्षेत्र वीरगञ्ज हो। नारायणी अस्पतालमा पनि कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।

संक्रमितको संख्या बढेपछि बिरामीको ज्यान जोगाउनको लागि अत्यावश्यक भेन्टिलेटरको अभाव भइरहेको अवस्थामा कोइरालाले सहयोग गरेकी हु्न्।

नायिका मनिषा कोइरालाले कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगमा आफू सधै नै तत्पर रहने उल्लेख गरेकी छिन् । नेपालका केही कलाकारहरु दोश्रो चरणको कोरोना लहरपछि सक्रिय रुपमा सहयोगमा जुटिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु