बहुचर्चित नायिका मनिषा कोइराला ५० औं जन्मदिन मनाउँदै

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

काठमाडौं । आज बलिउडमा ९० को दशककी चर्चित नायिका नेपाली चेली मनिषा कोइरालाको जन्मदिन । उनको जन्म १६ अगस्ट १९७० मा भएको थियो । उनी अहिले ५० औँ वर्ष पार गर्दै ५१ बर्षमा पाइला टेकेकी छन । मनिषाले बलिउडमा आफ्नो दुई दशक लामो करियरमा ६८ बढी फिल्ममा काम गरेकी छिन् ।

उनलाई अहिले सामाजिक संजालमा उनका फ्यानहरु शुभकामना दिइरहेका छ । क्यान्सर जस्तो भया’नक रोगसंग ल’डेर विजय प्राप्त गरेकी मनिषा केही दिन अघि नेपालको नक्सा बारे बोल्दा भारतीय मिडियाले विवादमा धकेलेका थिए ।

त्यहाँ पनि उनी कडा जवाफ दिन पछि हटिनन् । एक नेपालीमा हुनु पर्ने गुण उनमा भरिएको छ । उनी भारतमा आफ्नो कर्म गरेर बसेपनि आफ्नो मातृभूमी बिर्सेंकी छैनन ।

म्यूजिक खबर परिवारको तर्फबाट पनि मनिषा कोइरालालाई आज परेको जन्मदिनको अवसरमा अथाह शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु