तीज गीत ‘छैननि चोलिया’ : रुचाइयो टिकटकमा स्थायीसँगै सबै अन्तरा, युट्युबमा प्रंशसा

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०८२, आईतवार २२:४०

काठमाडौं । यतिबेला सांगीतिक बजार तीजमय बनिरहेको छ । सार्वजनिक भएका गीतहरुका स्थायी या अन्तराको एक टुक्रामाथि टिकटकमा मोडलिङ गर्ने या भिडियो बनाइरहेका छन् । टिकटकमा जति धेरै भिडियो बन्छन्, त्यही हिसाबमा गीतको सफलताको निर्क्यौल हुन थालेको छ ।

यतिबेला टिकटक प्रयोगकर्ता बिच ‘लौका फर्सी खान्न मत तीजको दरैमा माछा मासु खाने हो माइती घरैमा भन्ने टुक्का निकै लोकप्रिय बनेको छ । सोहि गीतको ‘दर खाँदा पेट बिग्रेला जीउको पनि ख्याल राख, बैद्य बाको झुपडी छैन नजिक’ र ‘मन घुमाउलाउन मुख घुमाउलना माइतीका नन्दले नसुने झैं नाचे प्यारी आफ्नै ढंगले’ टुक्काहरु पनि उतिकै प्रिय बनेको छ । यसो त टिकटक प्रयोगकर्ताहरुबीच गीतको स्थायी र सबै अन्तराहरु उतिकै रुचाइएका छन् ।

टिकटकमा रुचाइएका यो गीतलाई गायिका मन्जु पौडेलले २०८२ को तीजको अवसर पारेर सर्वाजनिक गरेकी हुन् । ‘छैननि चोलिया’ बोलको सार्वजनिक गीतमा गायिका मन्जु पौडेल र गायक रेशम चौधरीको स्वर रहेको छ ।

गायिका पौडेलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द र संगीत समेत रेशम चौधरीको नै रहेको छ । गीतमा आरके थारु, मनिष चौधरी, अरुणा चौधरी, लक्ष्मी राना र आर्जु चौधरीको कोरस भोकल रहेको गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।

शंकर बिसीको निर्देशन कोरियोग्राफी गरेको भिडियोमा गायिका मन्जु पौडेलसँगै शंकर स्वयंले अभिनय गरेका छन् । दुर्गा पौडेलको टिमले छायांकन गरेको भिडियोमा रेशम चौधरीलाई पनि देखाइएको छ । नबिन घर्ति मगरको सम्पादनमा तयार भएको भिडियो यतिबेला निकै चर्चामा छ । टिकटकमा मात्र लोकप्रिय नभई गीतले युट्युवमा पनि उतिकै तारिफ कमाएको छ । गीतको शब्द संगीत स्वरसँगै भिडियोको सम्पूर्ण पाटोको राम्रो तारिफ गरिएका कमेन्ट प्राप्त भएका छन् । युट्युब कमेन्टका आधारमा वास्तविक र मौलिक तीज गीत ल्याएकोमा दर्शक श्रोताहरु निकै खुशी भएको पाइन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु