मन्जु पौडेल र राजु परियारको दोहोरी भिडन्त– ‘नआउ भेट्नलाई’

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७८, बुधबार

काठमाडौं । उद्घोषणसँगै गायनमा पनि अब्बल भन्नसाथ पहिलो नाम आउँछ – मन्जु पौडेल । विशेषगरी प्रत्यक्ष लोकदोहोरी मार्फत स्टेज तताउने गायिकाका रुपमा पनि उनलाई चिनिन्छ । पछिल्लो केहि समययता मन्जुले गायनसँगै संगीतमा पनि अग्रसरता देखाएकी छिन् । मन्जुको स्वर र संगीतमा नयाँ गीत ‘नआउ भेट्नलाई’ सार्वजनिक भएको छ ।

मन्जुले यस गीतबाट पनि दर्शक स्रोताको माया पाउने बिश्वास लिएको बताइन् ।

रोमान्टिक शब्दहरुले भरिएको गीतमा मन्जुसँगै लोकदोहोरीका प्रखर गायक राजु परियारको स्वर छ । गीत शिव हमालले लेखेका हुन । वानडिबी स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् भने एबिएन किस्मतले मिक्सिङ गरेका हुन् ।

प्रत्यक्ष दोहोरी भिडन्त जस्तो लाग्ने भिडियो दुर्गा पौडेलको निर्देशनमा बनेको हो । दुर्गाले नै छायांकन गरेको भिडियोमा समेत गायक राजु परियार र गायिका मन्जु पौडेलले नै अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु