मन्जु पौडेलको तीजमा ‘माइती हरायो’

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०८०, आईतवार

काठमाडौं । लोकप्रिय गायिका मन्जु पौडेलको तीज कोसेली ‘माइती हरायो’ सार्वजनिक भएको छ । दाजुभाइ भए पनि आमाबिनाको तीज खल्लो भएको महसुस गर्दै चेलीको वेदना गीतमार्फत पोख्न सफल भएकी छन् गायिका मन्जु पौडेल । चेलीका लागि आमा नै माइतीघरको महत्वपूर्ण हो भन्ने एकातिर दर्शाइएको छ भने अर्कोतिर बाआमाको शेषपछि दाजुभाइ भाउजू बुहारी नै माइतीको भूमिकामा सदैव रहेको भाव गीतमा पोखिएको छ । गीतमा समग्र रुपमा एउटा चेलीको मर्मस्पर्शी भावहरुलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।
लोकप्रिय गायक पशुपति शर्मा र गायिका मन्जु पौडेलको स्वरमा रहेको गीत ‘माइती हरायो’ मौलिकता बोकेको तीज गीत हो । पशुपति शर्माकै शब्द, संगीत रहेको यस गीतको संगीत संयोजन सुदिप सागरले गरेका हुन् ।
यस गीतको म्यूजिक भिडियोलाई दु्र्गा पौडेलले निर्देशन गरेका हुन् । दिलु सुनारको कोरियोग्राफी रहेको यस भिडियोलाई दुर्गा पौडेलले नै छायाँकन गरेका छन् । भिडियोमा गायिका मन्जु पौडेल, रुबिना अधिकारी, पल्पसा डंगोल, टीका जैसी, सानुकाजी, विनोद केसी र सम्झना प्रधानको अभिनय रहेको छ । भिडियोको सम्पादन प्रकाश धमालाले गरेका हुन् भने भिडियो मन्जु पौडेलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु