• मन्जु पौडेलको ‘विचार गर छुनलाई’मा प्रताप र स्नेहाको फिचरिङ

    म्यूजिक खबर
    प्रकाशित: २८ जेष्ठ २०८१, सोमबार
    manju poudel

    काठमाडौं । गायिका मन्जु पौडेल र गायक प्रताप दासको स्वरमा रहेको गीत ‘विचार गर छुनलाई’ सार्वजनिक भएको छ । यस गीतमा गायक प्रताप दास र मोडल स्नेहा पौडेलको फिचरिङ रहेको छ । ‘विचार गर छुनलाई’ गीतको भिडियोबाट स्नेहाको कमब्याक भएको छ । योभन्दा अघि पनि स्नेहाले धेरै गीतमा अभिनय गरिसकेकी थिइन् । केही समय अध्ययनको क्रममा उनको सांगीतिक करिअरमा ब्रेक लागेको भए पनि यतिखेर ‘विचार गर छुनलाई’ गीतबाट कमब्याक भएकी हुन् । गायक प्रताप दास र मोडल स्नेहा पौडेलको जोडीको अभिनय यस भिडियोमा केमेस्ट्री मिलेको देखिन्छ ।

    त्यस्तै गायिका मन्जु पौडेललाई पनि ‘विचार गर छुनलाई’ गीत फरकपनको बनेको देखिन्छ । पौडेलका धेरै लोकदोहोरी गीतहरु चर्चामा छन् । सबै गीत लोकप्रिय बनेका छन् तर ‘विचार गर छुनलाई’ फरकपनको बनेको छ । गायिका मन्जु स्वर पनि यो गीतमा मिठासपूर्ण देखिएको छ । उनलाई यो गीतबाट अझै चर्चामा पु¥याउने देखिन्छ ।

    लोक आधुनिक शैलीमा बनेको यो गीतको शब्द संगीत श्रीकृष्ण बममल्लको रहेको छ । गीतको संगीत संयोजन तथा मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको यो गीतको म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी कविराज गहतराजको रहेको छ । दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियोको सम्पादन नविन घर्तीमगरले गरेका छन् । यस भिडियो गायिका मन्जु पौडेलको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमको अवसर पारेर ‘विचार गर छुनलाई’ सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु