• चलचित्र ‘एक्टर’को गीत ‘चिरी च्याट्ट बरिलै’मा मनोहरी र सुनिताको स्वर

    म्यूजिक खबर
    प्रकाशित: २ पुष २०८१, मंगलवार

    काठमाडौं । चलचित्र ‘एक्टर’को गीत ‘चिरी च्याट्ट बरिलै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर र सम्राट थापाको संगीत रहेको छ । माइकल चन्दले कोरियोग्राफी गरेको गीतमा कलाकारहरु प्रिन्स थापा र कविता नेपालीले नृत्य गरेका छन् ।

    मदन घिमिरेको निर्देशन रहेको चलचित्रमा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सम्राट थापाको कथा तथा संगीत, सम्राट बस्नेतको द्वन्द्व र युवराज राई र डम्बर राईको छायाँकन रहेको छ ।

    नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता मनोहरी थापा हुन् । चलचित्र माघ ४ गतेबाट प्रदर्शन हुँदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु