नयाँ वर्षको अवसरमा मरिष्का र शंकर अभिनित हिन्दी गीत ‘हर लम्हा’ सार्वजनिक ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७५, बुधबार

काठमाडौं । थोरै चलचित्र र म्यूजिक भिडियोमा काम गरेर पनि धेरै चर्चा पाउने अभिनेत्रीको रुपमा स्थापित मरिष्का पोखरेल र लामो समय नेपाली गीत संगीतमा योगदान पू¥याउँदै आएका शंकर लामिछाने अभिनीत हिन्दी गीत ‘हर लम्हा’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । केही म्युजिक भिडियो तथा आधा दर्जन नेपाली फिल्ममा मात्र अभिनय गरेकी अभिनेत्री मरिष्काको कामले निकै चर्चा पाउने गरेको छ । त्यस्तै तथा शंकर पनि लामो समयदेखी नेपाली सांगीतिक क्षेत्र र चलचित्र क्षेत्रमा संघर्ष गरीरहेका छन् ।

नयाँ बर्ष २०१९ को अवसर पारेर हन्दी गीत ‘हर लम्हा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

स्वयं लामिछानेको शब्द ,संगीत रहेको उक्त गीतमा भारतका पाशर्व गायक निलेश सिंह र सहेवाको आवाजमा रहेको ‘हर लम्हा’ गीतमा गायक तथा नायक शंकर लामिछाने र नेपाली चर्चित नायिका मरिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ।

कुस्माज़ इंटरटेनमेंटको प्रस्तुति रहेको उक्त भिडियोलाई नेत्र गुरुङ्ग ले निर्देशन, मिलन शंकरको छायांकन गरेका छन् । भने सम्पादन नेत्र गुरुङ्गले नै गरेका छन् ।

हेर्नुहोस् भिडियो :

पछिल्लो समयमा अभिनेत्री मरिष्काले अभिनय गरेका लोकदोहोरी गीत ‘सालको पातको टपरी’ जनमानसमा मन पराइएको छ ।

 

सालको पातको टपरी’ हिट भएपछि खुशीयाली मनाइयो, सम्पूर्ण टिमलाई उपहार

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु