बितरकले चलचित्र लिन नमानेपछि कानुनी उपचार खोज्दै मोफसलका निर्माताहरु

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७५, शनिबार

इटहरी ।मोफसलमा बनेका चलचित्रलाई बितरकले लिन नमानेको निर्माताहरुले गुनासो गरेका छन् । थोरै लगानीमा पूर्वमा बनेका चलचित्रले राम्रो कथावस्तु सहितको चलचित्र बने पनि हलसम्म नपुग्दा आफुहरुको लगानी जोखिममा परेको गुनासो गरेका हुन् ।

पूर्वको समसामायिक बिषयमा बनेको चलचित्र ‘माया लाग्छ नि’ को निर्माताले इटहरीस्थित रिर्पाेर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै चलचित्र रिलिज गर्न बितरकले नमानेको भन्दै गुनासो पोखेका छन् । चलचित्रका निर्माता एवम् निर्देशक बाबुराम गजमेरले ५ लाखको लगानीमा बनेको चलचित्र रिलिज गर्ने क्रममा बितरकले चलचित्र लिन नमानेको बताए ।

उत्कृष्ट कथावस्तु र लोकल कलाकारको प्रबद्र्धनको लागि बनेका चलचित्रलाई बितरकको सिण्डिकेट लादेर आफूहरु मारमा परेको उनले बताए । काठमाडौमा रहेका बिभिन्न बितरक संघले आफ्नो चलचित्र लिन नमानेको बताउँदै कानुनी बाटो खोज्न बाध्य भएको निर्माता गजमेरले बताए ।
चलचित्रमा स्थानिय कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा सबिना तामाङ, एजेश श्रेष्ठ, पूजा मारिया, अंकिता चौधरी, शिव भट्टराई, हाँस्य कलाकार मनोज खड्काको अभिनय रहेको छ भने निर्माता बाबुराम गज्मेरले पनि अभिनय गरेका छन् । चलचित्रको सहनिर्देशन पूजा मारियाले गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु