‘माया के होला’ को शुभमुहुर्त !

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं, १ फागुण । अर्नभ फिल्म प्रोडक्शन प्रालि र ईन्द्रेणी सिने ईन्टरटेन्मेन्ट प्रालिको संयुक्त प्रस्तुति रहने कथानक चलचित्र ‘माया के होला’ को एक कार्यक्रम बीच बिहीबार रकहाउस क्याफे रातोपुलमा शुभ मुहूर्त सम्पन्न भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न मुहूर्त कार्यक्रममा क्यामरा स्वीचअन चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामा, निर्देशन रबिन्द्र खड्का, क्ल्याप कृष्णा शिवाकोटी, नरिवल सानु श्रेष्ठले फुटाएका थिए भने सोनाम थापा मगर, मेनुका गिरी, अर्जुन गुरुङ लगायतका कलाकारले मुहूर्त सर्ट दिएका थिए ।

त्रिकोणात्मक प्रेमको समर्पण, रोमाञ्चित प्रेम कथामा आधारित एक्शन प्रधान चलचित्र ‘माया के होला’ का निर्देशक ईन्द्र कार्की, मुख्य सह निर्देशक जीवन गौतम, निर्माता किरण कार्की, लक्ष्मि नेपाल र सिता वस्नेत रहेका छन् । फागुण दोश्रो साताबाट फ्लोरमा जाने ‘माया के होला’ मा सोनाम थापा, अर्जुन गुरुङ, मेनुका गिरी, बीरु नेपाल, फरिता खड्का, चेतन अर्याल, मदन सेन्चुरी, रमन राई, सुरज खनाल, छायाँ श्रेष्ठ, बाल कलाकार रोनिश पाण्डेको अभिनय रहने छ । यसमा व्दन्द सुरज श्रेष्ठ, नृत्य हरिष खनाल, क्यामरामा रामेश्वर हुमागाँई रहने छ । कार्यक्रम सञ्चारकर्मी गीता अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु