माया बस्यो भन्दै आइन् मिना, कमेण्टमा पाइन् दर्शक श्रोताको शुभेक्षा

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०८०, मंगलवार

काठमाडौं । गायिका मिना ढकालको स्वरमा रहेको गीत ‘माया बस्यो’ सार्वजनिक भएको छ । गीतमा दिपक राज पाठकको शब्द,राम कार्कोकी संगीत, बिशान मानन्धरको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ रहेको छ ।

गीतलाई यो समाचार तयार पारिरहेको समयमा झण्डै ६० हजार भ्यूज पाएको छ भने कमेन्टमा मिनाको गायकी प्रयासलाई बधाई दिंदै शुभेक्षा प्रकट गरेका छन् ।

अनिता विश्वकर्माको निर्देशन रहेको भिडियोमा अनुप बोहोरा र मिना ढकालको दमदार अभिनय रहेको छ । सामाजिक संजालमा विभिन्न बिषयमा चर्चामा आउने मिना ढकाल र अनुप बोहोरालाई यस भिडियोमा रोमान्टिक मोडमा देख्न सकिन्छ ।

सरगम गहको मेकअप रहेको भिडियो मिना ढकाल युटुब च्यानलमा सार्वजनिक भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु