• मेगा सिरियल ”सि आई वि”को टे«लर सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७७, बिहीबार

    काठमान्डाँैै ।
    इन्द्रेणी सिने इन्टरटेन्मेन्टको प्रस्तुतीमा समाजभित्र घटने विभिन्न अपराधिक गतिविधलाई आधार बनाएर निमार्ण गरिएको मेघा टेली चलचित्र ”सि आई वि”को टे«लर सार्वजनिक भएको छ ।

    उदय किरण थापाको निर्देशनमा निमार्ण हुने चलचित्रमा समाज भित्रका विभिन्न अपराधलाई देखाउने निमार्ण पक्षले जनाएको छ । शिशिर सुवेदीको लेखन रहने टेली चलचित्र मा अपराधको केन्द्रविन्दुलाई कसरी प्रहरीले निगरानी र कारबाही प्रक्रिया लाई अगाडी बढाउछ भन्ने कुुरालाई चलचित्रमा देखाइने भएको छ । जिवन रिजालको छायाँकन , सुनिल श्रेष्ठको सम्पादन सो लधुचलचित्रमा रहने भएको छ ।

    कृष्ण शिवाकोटी , सुन्दर सुनुवार , डेविट पन्त ,मनोज भेटवाल, क्षितिज गैरे ,नविन अर्याल , आशिष अर्याल , सन्ध्या सञ्जेल , राजन भुजेल , जगत राई ,मान बहादुर पहारी को अभिनय रहेको छ । ”सि आई वि”लाई सिता बस्नेत विक्रम कार्कीले निमार्ण गर्ने भएका हुन । ”सि आई वि”आगामी हप्ता देखी शान्ती इन्टरटेन्मेन्ट नामक युटुव च्यानल बाट नियमित रुपमा हरेक हप्ता प्रशारण हुने भएको छ । साथै आगामी दिनमा शान्ति इन्टरटेन्मेन्ट बाट चलचित्र सगैँ विभिन्न म्युजिक भिडियो पनी आउने भएको छ ।

    ”सि आई वि”को टे«लर हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु