चलचित्र ‘रे’ को पहिलो गीत ‘सागरमाथि’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७६, सोमबार

चलचित्र ‘रे’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । असार २७ देखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘रे’ को सागरमाथि’ बोलको गीतमा मेलिना राई र ओम सुनारको स्वर छ । राजेन्द्र त्रिपाठीको शब्द रहेको गीतमा गायक ओमको नै सङगीत रहेको छ । गीतमा चलचित्रत्रका मुख्य कलाकार दिवश धिताल र सुजता थापा फिचर्ड छन् । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । दिनेश पौडेलको निर्देशन रहेको चलचित्रमा कथा पनि उनकै छ । काठमाडौँ उपत्यकाभित्र हुने ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि चलचित्रको कथा घुम्ने बताइएको छ । एक्सन, लभ, रोमान्स, कमेडी सबै खुराक चलचित्रमा रहेको निर्देशक पौडेल बताउँछन् । सगुन फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाईलगायतका कलाकारहरुको पनि अभिनय छ । राजेन्द्र पाठक निर्माता रहेको चलचित्रमा दोयकुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु