डिपीको शब्द, मेलिना र नगेनको स्वरमा ‘जति हिंडे पनि’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । गायिका मेलिना राई र नगेन माक्खिमको आवाजमा रहेको नयाँ गीत ‘जति हिंडे पनि’ बोलकोे म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डि.पी खनालको शब्द रचना रहेको गीतमा बिक्रम राईको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

नवप्रतिभा अमिर लिम्बू र मोडेल सुजता थुलुङ राईको उत्कृष्ट अभिनय रहेको यस म्युजिक भिडियोमा कालिन्चोकको रमणिय दृश्य समेटेर खिचिएको छ । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोका अनिल राना सम्पादक हुन् । सरगम सुब्बाको लगानीमा बनेको म्युजिक भिडियो ‘डश म्युजिक नेपाल’ को अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु