रुदी र मेलिनाको स्वरमा ‘तिमी भन्छौ जुन राम्रो’

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७८, आईतवार
rudy-sharma melina-rai

काठमाडौं । गायक रुदी शर्मा र गयिका मेलिना राईको आवाजमा सजिएको तिमी भन्छौ जुन राम्रो बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निकै आकर्षक ढंगले प्रस्तुत गरिएको रोमान्टिक शैलीको गीतमा रुदी शर्मा र कला न्यौपानेलाई फिचर्ड गरिएको छ भने भिडियोलाई दिल कृष्ण श्रेष्ठले निर्देशन गरेका हुन ।

नारायण सुबेदी “आभाष’को संगीत रहेको गीतमा किरण कंडेलको संगीत संयोजन रहेको छ भने रेकर्डिङ मिक्सिङ शम्भु कुमार तण्डुकारले गरेका हुन ।

नाम्लो ईभेन्ट्सको संयोजनमा विभीषण सेढाई प्रोडकसन हेड रहेको भिडियोमा पवन प्रधानको डि ओ पि मा बिक्रान्त श्रेष्ठले भिडियोको छांयाकन गरेका हुन ।

पोस्टर डिजाईन सुबाश लिम्बुले गरेका हुन भने सोनिया गिरी जि पि शर्मा भूमिका उपाध्याय, मुकुल उपाध्याय राजिव श्रेष्ठलाई गायक शर्माले बिशेष धन्यवाद दिएका छन ।

भिडियोलाई आरएसएस को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु