‘कल्ले बोलायो’ को सफलतापछि ‘के भनौं हजुर’ भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक सुकदेव अधिकारीको स्वरमा रहेको गीत ‘के भनौं हजुर ?’ बोलको गीतको म्युजिक भिडियो सार्बनिक भएको छ ।

यो गीतको सूरुआतमा प्रेमीले सोध्छन् -ए मेरी रानीलाई के भनौं म हजुर ? प्रेमिकाको उत्तर आउँछ – ए म त हजुरकै रानी हुँ जे भन्नुस् हजुर । यसपछि गीत सुरु हुन्छ । गीतको मुख्य बोल भने ओइ मेरी रानीलाई तँ भनि बोलाउ कि के भनौं हजुर छ ।

हुन त सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना छोराछोरी, श्रीमती र आफूभन्दा साना कसैलाई पनि तँ नभन्नु भनी नेता-कार्यकर्तालाई निर्देशन गरेको छ । तर यो गीतमा भने प्रेमले जे भन्दा पनि हुन्छ भन्ने स्वीकृति दिइएको छ ।


युवा समाजसेवी लोकेश खत्रीले लगानीमा बनेको म्युजिक भिडियो ‘के भनौं हजुर’ भावना म्यूजिक प्रालि सोलुसनको युट्युव च्यानलमार्फत सार्वजनिक छ ।

भिडियोमा नायिका आँचल शर्मा र विमल अधिकारीले अभिनय गरेका छन् । भिडियो निर्देशन काजी श्रेष्ठले गरेका हुन् ।

विमल अधिकारीकै लय/शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर अत्यन्तै कर्णप्रिय सुनिएको छ ।

यसअघि सुकदेव र मेलिनाकै स्वर रहेको ‘कल्ले बोलायो’ गीतको म्युजिक भिडियो सार्वर्बजनिक भएको थियो । उक्त म्युजिक भिडियो निकै चर्चित बन्यो । त्यसकै सफलतापछि ‘के भनौं हजुर’ ल्याइएको निर्माण टिमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु