‘मेरो दिल छ पोखरामा’को काठमाडौंमा विशेष प्रदर्शन हुने

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७६, आईतवार
Mero Dil Chha Pokharama

काठमाडौं । गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीको निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको आगामी फागुन ५ गते काठमाडौंमा विशेष प्रदर्शन गरिने निमार्ण पक्षले बताएको छ ।

कला राईको प्रस्तुतीमा रहेको सिनेमा मेरो दिल छ पोखरामा को बिशेष शो य फागुन ५ गते दिनको २ बजे बागबजार को सिटिम्याक्स सिनेमा भवनमा गरिने भएको छ । चलचित्र मा राजु पौड्याल ,रन्जु रन्जना,गंगा कुवँर, लक्ष्मी श्रेष्ठ ,दिप कुलुङ, कला राई , हेमलता घिमिरे र राजन महर्जन को अभिनय रहेको छ । नेपाली सिनेमा भित्रको बास्तविक कथालाई चलचित्रमा उठाइएको चलचित्रका निर्देशक घायलले बताए ।

रामकृष्ण कडेलको छायांकन ,देव महर्जनको द्वन्द ,बिश्वास भण्डारी को सम्पादन,राजन महर्जन को नृत्य छ । शंकर अधिकारी र दिपेन्द्र खड्का को गीत,पुरुषोत्तम न्यौपाने , पुष्कर सुनुवार ,सिडि बिजय अधिकारी र शंकर अधिकारी घायलको संगीत ,नित्याशिवा, ममता मगर पुरुषोत्तम न्यौपाने र सिडि बिजय अधिकारी को स्वर रहेको छ । चलचित्रलाई चैत्र १४ गते अल नेपाल रिलिज गरिने समेत चलचित्रका निर्देशकले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु