गायिका मिलन अमात्यले ल्याइन् ‘मिलनयात्रा’, कस्तो होला ‘मन रेशम’

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७५, आईतवार

काठमाडौं । चर्चित गायिका मिलन नेवारको चौँथो एल्बम ‘मिलनयात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । माननिय गृहमन्त्री रामबहादुर थापा’बादल’को प्रमुख आतिथ्यता मावरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता–पिता लगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सातगीत समावेश छन् जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।
सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनीहरुले नै गरेका छन् । हरी हुमागाईको छायांकन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।

सोही कार्यक्रममार्फत उनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित’ मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्च उदेश्य उनले लिएकी छिन् । सोहीअनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता’ शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् ।

 

गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीतसंगीत पौरखी भएको बताएका थिए । उनले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिएका थिए । गृहमन्त्री थापाले नेपाली कला र संस्कृतीको क्षेत्रमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए । कला र संकृतीको क्षेत्रमा निश्चित मापदण्ड बनाएर सांकृतिक सभ्यतालाई अर्को उचाईमा पु¥याउनु पर्ने उनको भनाई थियो । त्यसका लागि सरकारको तर्फबाट निती नियम तर्जुमा गर्न लागिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु