• मिन गुरुङ र बिना भट्टराईको ‘बुढेशकालको लौरी’ मा हैट र फुलन्देकी आमा

    म्यूजिक खबर
    प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार

    मिन गुरुङ र बिना भट्टराईको स्वर रहेको ‘बुढेशकालको लौरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेमी-प्रेमीका र पति-पत्निबिचको प्रेम रोमान्सको कथालाई चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् शब्द मार्फत । गीतमा शर्माकै संगीत रहेको छ । गीतको भिडियोलाई युवराज वाईवाको निर्देशनमा हैट र फुलन्देकी आमाको अभिनय हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन छ भने विकाश दाहालले सम्पादन गरेका छन् । वैँश छँदाका मात्रै साहारा हुन् बुढेशकालमा एउटा अब्बल साथीको खाँचो पर्छ भन्ने कुरालाई मुख्य रुपमा देखाउन खोजीएको गीतको भिडियोलाई फुलेन्देको आमा बोलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु