स्वास्थ्यकर्मी मीनाको ‘शिरमा फूल’ मा समीक्षा र कैलाश !

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७७, बुधबार

काठमाडौं । मीना कार्की पेशाले एक परिचित नर्स हुन् । उनी सानैदेखी गीत संगीत भनेपछि भुतुक्कै हुन्थिन् । त्यही जिवनमा गडेको रहरलाई लाई यतिबेला पुरा गरेकी छिन् । उनको सुमधुर स्वरले सजिएको शिरमा फूल बोलको गीत सार्वजनिक भएको छ ।
गीत सार्वजनिक गर्दै सांगीतिक दुनियाँमा पाइला टेकेकी मिना भन्छिन् – सानैदेखीको रहर पुरा गर्न नसकेकाले आफूलाई वर्षौंदेखि अधुरो ठानिरहेकी थिएँ । बल्ल मनभित्र थुनिएर र दबिएको रहरले पूर्णता पाएको छ, खुसी महसुस गरेकी छु ।’

उसो त मीना एल्बम नै ल्याने तयारीमा छिन् । ‘शिरमा फूल’ गीत पनि उनको सदिक्षा एल्बममा समावेश हुने गीतहरु मध्ये एक हो । मीनाका अनुसार एल्बममा चारवटा गीत रहने छन् र चाँडै ती गीतहरु सार्वजनिक हुने छन् ।

उनको यो गीतलाई प्रकाश केसीले लेखेका हुन् । जसमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । देवेन्द्र नेवाःको एरेन्ज रहेको छ ।

यो गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा समीक्षा पोखरेल र कैलाश कठायतले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् । गीतको भिडियोमा उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु