‘मिस यूनिभर्स नेपाल २०२०’ की बौद्धिक र सुन्दरी प्रतिस्पर्धी नान्सी

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७७, बुधबार

काठमाडौं । हिल द वल्र्ड ‘संसारलाई निको पारौं’ भन्ने सोचाईकी नान्सी खड्का ‘मिस यूनिभर्स नेपाल २०२०’ उपाधिका लागि भिड्दैछिन् । मिस युनिभर्स नेपालमा ५०० भन्दा बढी प्रतिस्पधीहरुलाई पछि पार्दै टप ५० हुँदै टप १९ मा आएकी उनी यतिबेला उनी उत्कृष्टका लागि प्रतिस्पर्धामा रहेकी छिन् ।
यतिबेला उत्कृष्ट १४ को लागि भोटिङ खुल्ला गरिएको छ । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि.ले यस वर्षको मिस यूनिभर्स नेपालका लागि आवेदन खुलाएका थियो । जसमा ५०० भन्दा बढी महिलाहरुको आवेदन प्राप्तभएको थियो ।
जसमध्येकी एक अब्बल प्रतिस्पर्धी हुन् बिराटनगरकी नान्सी खड्का । सेन्ट जोसेफ स्कुल पढेकी उनले सेन्ट जेभिएर कलेजबाट स्नातक गरेकी हुन् । अमेरिकाको क्यालिफोर्नियाको फुटहिल कलेजमा अध्ययन गरिरहेकी उनले ‘मास कम्यनिकेशन एण्ड रेटोरिक’ मा डिग्री गरेकी छिन् । नान्सी निकै आत्मविश्वाशी बोल्ड र ब्युटिफूल छिन् । हेर्दा त आकर्षक छन् नै उनको बोलीमा पनि बौद्धिकता झल्किन्छ । जस्तोसुकै प्रसंगमा पनि बलियो तर्क दिने क्षमता छ ।
नान्सी युनिभर्सलाई सशक्तिकरण, प्रेम, आशा र समर्पणको प्रतिनिधि मान्छिन् । त्यहाँ आफूलाई मानसिक स्वास्थ्य योद्धाका रुपमा उभ्याउन चाहन्छिन् । मोडलिङ त उनको रुची भएकी उनी मोडलिङ समाजसेवामा र स्वास्थ्यमा जोड्न चाहन्छिन् । कसरी भन्ने प्रश्न गर्दा उनी भन्छिन् – ‘नेपाल विकाशोन्मुख देश हो । यहाँ थुप्रै अन्धविश्वास र रुढीवादी कुराहरुले हाम्रो समाजलाई अगाडि बढ्न दिएका छैनन् । बच्चाहरु अली धेरै रोएमा, यद्यपी ठुलै मान्छेलाई पनि शारीरिक समयस्या आएमा जस्तो टाउको दुख्यो, जिउमा केही भयो, या काम आउने भयो भने धामी झाँक्री लाउने चलन छ । धुपबात्ती बालेर पन्साउनु पर्छ भन्ने मान्यता छ । यो अनुभव मसँग समेत छ । सायद सबै नेपालीमा होला । यो देशको सबैभन्दा कमजोर पक्ष हो । यो सोचाई नै एउटा रोग हो । यो रोगलाई निर्मुल गर्न चाहन्छु । यसका लागि समाजको हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने हुन्छ । यहि प्रपोज लिएर म अगाडि बढेकी छु ।’ अगाडि जोड्दै उनले भनिन् लक्ष्य त मिस युनिभर्सको ताज चुम्ने नै छ तर यदि त्यो सम्भव नभए पनि मिस युनिभर्स २०२० को एक प्रतिस्पर्धी हुन पाउनु जीवनको एक महत्वपूर्ण पाटो रहनेछ । जहाँबाट मैंले धेरै कुरा सिकिरहेकी छु ।
यदि बिजेता भएमा उनी आफू मात्र बन्ने प्रबृतीको अन्त्य गर्न चाहन्छिन् । उनी भन्छिन् –‘मलाई जिताउन सारा जनताको साथ चाहिन्छ भोलिका दिनमा मैंले सारा जनताका लागि काम गर्न जरुरी हुन्छ ।’ नान्सी मोडलिङका अनुभवी समेत छिन् । अमेरिकाको युएस म्यागेजिनमा समेत उनको मोडलिङका बारेमा छापिसकेको छ । क्यालिफोर्नियाको ठुलो रेड कार्पेट ‘रन वे’ मा मोडलिङ गरिसकेकी छिन् । त्यहाँ उनी तीन डिजाइन प्रदर्शनी गर्दै मोडलिङमा उत्रिएकी थिइन् ।
उनले आफूलाई ल्याउन तथा मिन युनिभर्स नेपाल बनाउनका लागि सबैलाई भोट गरी सहयोग गर्न आग्रह गरेकी छिन् । उनलाई भोट गर्नका लागि खल्ती एप तथा मिस युनिभर्स नेपाल एप डाउनलोड गरी प्रतिस्पर्धीको फोटो तथा भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पर्नेछ । उनको कन्टेस्ट आइ डि १०९७ रहेको छ ।

भोटिंग समय यहि December 17 मङ्सिर १८ गते बिहानी १० बजेदेखि December 19 पुस ४ गते साँझको ५ सम्म रहेको छ । मिस युनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् । जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धनराशि हो ।
नान्सीलाई भोट कसरी गर्ने ?

१. खल्ती एप प्रयोग गरेर स् शुरुमा खल्ती एप डाउनलोड गरेर ‘Miss Universe Nepal’मा जाने । त्यसपछी Nancy Khadka अथवा नम्बर 1097 खोजेर त्यसमा भोट गर्न सकिन्छ ।
२. गुगल प्ले स्टोर र एप स्टोरबाट ‘Miss Universe Nepal’ एप डाउनलोड गरेर भोट गर्न सकिन्छ । भोट गर्नको लागी क्रेडिट किनेर ‘नान्सी’ को प्रोफाइलमा गएर भोट गर्न सकिन्छ ।
३. विदेशमा रहनु भएकाहरुले भने गुगल प्ले स्टोर र एप स्टोरबाट आफुलाई चाहिए जती क्रेडिट किनेर ‘नान्सी खड्का’ लाई भोट गर्न सकिन्छ ।

यदि तपाईं उनलाई ‘मिस युनिभर्स नेपाल’ एपमार्फत भोट दिन चाहानुहुन्छ भने :

१.App मा लगईन गर्नुहोस् App login
२० तपाईंको प्रोफाइल जाँच गर्नुहोस् Check Profile
३० क्रेडिट किन्नुहोस् Buy Credit
४० एक क्रेडिट विकल्प छनौट गर्नुहोस्
५. तपाईंको भुक्तानी विधि छनौट गर्नुहोस् खल्ती (Khalti) एप्पल भुक्तानी (Apple Pay) वा गुगल भुक्तानी (Google Pay)
६.प्रतियोगी प्रोफाइलमा जानुहोस्
७. भोट vote बटनमा क्लिक गर्नुहोस्
८. विकल्प छनौट गर्नुहोस् र उनको नाम – Nancy Khadka सर्च गरेर भोट गर्नुहोस्

यदि तपाईं उहाँलाई “खल्ती” (Khalti) मार्फत भोट (vote) गर्न चाहनुहुन्छ भने :
१. “Khalti” एप (App) मा दर्ता गर्नुहोस्
२. ‘Booking’ सेक्सनमा तल स्क्रोल गर्नुहोस्
३. ‘Voting’ मा क्लिक गर्नुहोस्
४. ‘मिस युनिभर्स नेपाल २०२०’ ‘Miss Universe nepal 2020’ छनौट गर्नुहोस्
५. स्क्रोल (Scroll) गर्नुहोस् जबसम्म तपाईं उहाँको Nancy Khadka नाम फेला पार्नुहुन्न वा उनको प्रतियोगी संख्या (Contestant number “1097”) को खोजी गर्न सक्नुहुन्छ।
६. त्यसपछि आफूले जति सक्नुहुन्छ भोट (Vote) गर्न सक्नुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु