अनिताको ठूलो पर्दाको यात्राः ‘द आउट लेयर’

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७९, सोमबार
Anita Giri

काठमाडौं । एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी मोडल अनिता गिरी अब ठूलो पर्दामा देखिने भएकी छन् । खोटाङ सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि मोडलिङमा निरन्तर क्रियाशील छन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्कि सकेकी छन् उनले । म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड पनि हात पारी सकेकी छन् ।अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी उनि विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् ।

ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरी सकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा पनि आफूलाई हिँडाएकि छ्न । अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउने उनि सबैप्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्दछिन् । म्युजिक भिडियो र फेशन शोहरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो त भबिष्यले नै बताउँछ। तर, उनी भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्दछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु