मोहन माङ्थेवेको ‘गाउँ छाडेको दिन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७८, बिहीबार
Mohan Thebe Limbu

काठमाडौं । कवि तथा लेखक मोहन माङ्थेवे लिम्बूको नयाँ पुस्तक ‘गाउँ छोडेको दिन’ सार्वजनिक भएको छ । ५० औं जन्मोत्सव मनाउँदै लेखक लिम्बूले स्नेही काखका असहायहरुलाई खाना खुवाउने कार्य गर्दै पुस्तकलाई सार्वजनिक गरेका हुन् । पुस्तकलाई श्रम साप्ताहिकका प्रधान सम्पादक रमेश तुफान, श्रम साप्ताहिककी कार्यकारी सम्पादक कोपिला गौतम, स्नेही काखकी संचालिका कलाकार श्रीनेहा पोखरेलको हातबाट सार्वजनिक गरेका हुन् ।

लेखक मोहन माङथेवे लिम्बूले जिन्दगीको संघर्ष र भोगाईलाई समावेश गरिएको पुस्तक ‘गाउँ छोडेको दिन’ सार्वजनिक गरेसँगै आफ्नो जिन्दगीको अनुभूतिलाई पुस्तकमा समावेश गरिएको बताए । उनले २०५८ सालदेखि हालसम्मका आफ्ना लेखहरुलाई समेत पुस्तकभित्र समावेश गरेका छन् ।
पुस्तक सार्वजनिक भएपछि शुभकामना मन्तव्य दिँदै श्रम साप्ताहिकका प्रधान सम्पादक रमेश तुफानले मोहन माङ्थेवे वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहँदा भेटेको एउटा सिर्जनशील साथी भएको बताएका थिए । लेखक लिम्बू श्रमिकका रुपमा परिचय भएको भए पनि श्रम आन्दोलनको एक सहयात्रीका रुपमा आफूले पाएको बताए । श्रमिकहरुको हक अधिकार र वैधानिक रुपमा वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने काममा आवाज उठाउने एक योद्धाका रुपमा पनि पाएको बताए ।

त्यसैगरी शुभकामना मन्तव्यकै क्रममा स्नेही काखकी संचालिका कलाकार श्रीनेहा पोखरेलले आश्रममा रहेका आमाबा बुबा, दाजुभाई तथा दिदीबहिनीहरुसँग जन्मदिन मनाउनुभएकोमा लेकख लिम्बूलाई हार्दिक आभार प्रकट गरेकी थिइन् । जन्मदिनमा पवित्र कार्य रोज्नुभएकोमा यस पुस्तकले अपार सफलता पाउने र सबैको मन जित्ने बताएकी थिइन् ।
कार्यक्रमको संयोजक पत्रकार तथा गीतकार सुमन बैरागीले संयोजन गरेका थिए । गाउँ छोडेको दिन पुस्तकलाई पत्रकार सबिता पोखरेलले सम्पादन गरेकी छन् भने मोनाहाङमा थवे र हरिप्रसाद जबेगु लिम्बूले प्रकाशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु