• नेपाल चलचित्र कलाकार संघमा कसले मार्ला बाजी ?

    म्यूजिक खबर
    प्रकाशित: २ चैत्र २०७९, बिहीबार

    काठमाडौं । यही चैत ४ गते हुने नेपाल चलचित्र कलाकार संघ १९औं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ ।
    यसपटक चलचित्र कलाकार संघको चुनावी भिडन्त रोचक हुने देखिएको छ । जहाँ चुनावी मैदानमा छन् कलाकारिता क्षेत्रका दुइ पुस्ता । अग्रज एव बरिष्ठ कलाकार मोहन निरौलालाई उनकै अनुज पुस्ता लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीले चुनौती दिँदैछिन् ।

    नयाँ कार्यसमितिका लागि विभिन्न कलाकारले उम्मेदवारी दिएका छन् । यस्तै, संघको अध्यक्षका लागि बरिष्ठ कलाकार मोहन निरौला र अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिएका छन् ।

    शनिबार गरिएको मनोनय दर्तामा उपाध्यक्षमा ७ जना, महासचिवमा पाँचजना, सचिवमा दुईजना, कोषाध्यक्षमा दुई जना, सहकोषाध्यक्षमा दुईजना र सदस्यमा २६ जनाको उम्मेदवारी परेको छ ।

    दुवैजना अध्यक्षका उम्मेदवार वर्तमान कार्यसमितिमा उपाध्यक्षका रूपमा रहेका छन् । उनीहरुले आफूले राम्रो काम गर्दै आएको दाबीसहित अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

    यस्तै, उपाध्यक्षमा धनबहादुर बम्जन (डिबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उम्मेदवारी दिएका छन् ।

    महासचिवमा उत्तम केसी, सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ र पनाह अधिकारीले उम्मेदवारी दिएका छन् भने सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।

    कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् । यस्तै, सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन् ।
    सदस्यका लागि उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेल, गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल र खिन्नबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।
    यस्तै, सदस्यमै रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान र बबिता ढकालले पनि उम्मेदवारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु