आज रानी तथा गीतकार चाँदनी शाहको ७१ औं जन्मजयन्ती

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७६, शुक्रबार

काठमाण्डौं । राजदरबार हत्याकाण्डमा जिवन गुमाएकी रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह एक गीतकार तथा कवि पनि हुन् । राजकाजमा रानी ऐश्वर्य भनिएपनि उनको साहित्यिक नाम चाँदनी शाह हो । उनले लेखेका गीतहरु अति नै चर्चित भएका छन् । उनका अधिकांश गीतहरुमा गायिका तारादेवीले स्वर दिएकी छिन् भने नातीकाजीले संगीत भरेका छन् । उनको एउटा गीतमा स्वर सम्राट नारायण गोपालले स्वर दिएका छन् । नारायण गोपालको स्वरमा रहेको एउटा मान्छेको मायाले बोलको गीत पनि नेपाली सांगीतिक जगतको अमर गीत हो ।
उनले लेखेका अन्य गीतहरुमा कता कता, शुभकामना भरि, तिमीलाई हाँसे विदा, एउटा मान्छेको मायाले, घाममा पनि पानीमा पनि, आँशु र सुस्केराका वाचाहरु, यति ठुलो संसारमा , आमा भएर बाँचीहेर, हिम श्रृंखलामा, तिमीले जति नै माया, तिम्रा पाउहरुमा, मनको निश्चलता, कहिले यो माया लगायत गीतहरु रहेका छन् ।
आज उनै प्रतिभाकी धनी, नेपाली साहित्यकी चर्चित स्रष्टा रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको ७१ औं जन्मजयन्ती हो । २०५८ जेठ १९ गते शुक्रबार राति गोली हानी हत्या गरियो । तर नेपाली संसारमा कवयित्री चाँदनी शाहको व्यक्तित्व र कृतित्व चिरञ्जीवी छ ।
रानी तथा गीतकार चाँदनी शाहको आत्माको चिर शान्तीको कामना गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु