गीत मार्फत मन्जुको स्व. आमाप्रति श्रद्धा, सम्मान र समर्पण

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७९, बुधबार

काठमाडौं । पछिल्लो समय सांगीतिक बजार तीज गीतमय हुन थालेको छ । यहि क्रममा लोकप्रिय गायिका मन्जु पौडेलले पनि नयाँ तीज गीत ‘बाबाको आँगनी’ सार्वजनिक गरेकी छिन् । उनले आफ्नी स्व. आमा भगवती ज्ञवालीको सम्झनामा यो गीत ल्याएकी हुन् । गीतमा उनले स्व. आमाप्रति श्रद्धा, सम्मान र समर्पण प्रकट गरेकी छिन् ।

उनले गीत मार्फत स्व. आमाको सम्झना मात्रै गरेकी छैनन् आमाले गुनगुनाउने भाकालाई नै प्रयोग गरेर आमालाई जिवन्त बनाउने प्रयास गरेकी छिन् ।
गीतमा मन्जु पौडेलको एकल स्वर रहेको छ । मन्जु की आमा स्वर्गीय भगवती देबीको नै ज्ञवाली लय संकलनबाट तयार भएको गीतलाई शब्द भने शिब हमालले भरेका हुन् ।
गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा गायिका स्वयम् मन्जु पौडेल र अनुषा पौडेलको लोभ लाग्दो नृत्य रहेको छ । यस गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु