‘चिँ मुसी चिँ’ को प्रचार अभियान तिब्र, देश दौडाहामा जुट्दै !

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७५, मंगलवार

काठमाडौं । आउँदो ११ श्रावणबाट प्रदर्शनमा आउने चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानका क्रममा देश दौडाहामा जुटेको छ । आजदेखि १० दिनसम्म देशका १४ शहरहरुमा कन्सर्ट आयोजना गरिने फिल्मका कार्यकारी निर्माता शिवराज कार्कीले जानकारी दिए ।

उक्त कन्सर्टमा चिँ मुसी चीँका प्रमुख कलाकारहरुका साथै नेपाल आइडलबाट चर्चित भएकी गायिका सुजाता पान्डेले पनि भाग लिनेछिन् । स्थानीय कलाकारहरुले उनीहरुलाई साथ दिनेछन् । कन्सर्टको सुरुवात बिराटनगरबाट हुनेछ । त्यसपछि क्रमशः बिराटनगर, बिर्तामोड, धरान, इटहरी, लालबन्दी, हरिवन, नारायणघाट, हेटौंडा, बुटबल, पोखरा, दमौली, ललितपुर, भक्तपुर र काठमाडौंमा कार्यक्रम गरिने निर्माता कार्कीले जानकारी दिए ।

दिनेश श्रेष्ठद्वारा निर्देशित यस चलचित्रमा सुनील क्षेत्री, एलिसा शर्मा सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, सेखर सुवेदी, शिवराज कार्की लगायतको अभिनय रहेको छ । चलचित्रमा करण राज कार्कीले संगीत दिएका छन् भने सुजाता पान्डेले गाएको एउटा गीत लोकप्रिय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु