ट्रेण्डिङमा चलचित्र ‘आमा’को युट्युव ट्रेलर

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७६, शुक्रबार

चलचित्र ‘आमा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक भएसँगै गीत युट्युव ट्रेण्डिङमा पर्न सफल भएको छ ।
सार्वजनिक ट्रेलरका दृश्यले दर्शकको मन छुन्छ । मिथिला शर्माको अभिनय मार्मीक लाग्छ। अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गराएको दृश्य देखाइएको छ । मध्यम वर्गीय परिवारको कथामा चलचित्र निर्माण गरिएको हो ।

दीपेन्द्र के. खनालको कथा, छायाँकन र निर्देशन रहेको चलचित्रमा मिथिला, सुरक्षाका अलावा सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनालल, लक्ष्मि भुसाल, टीका पहारी, पदमप्रसाद पौडेल, सरोज अर्याल, अस्मिता खनाल, सुदीप खतिबडा, झकेन्द्र जिसी, विकाश खनालगायत कलाकारको अभिनय रहेको छ ।

डी.एस.डीजिटलको प्रस्तुतिमा शर्मिला पाण्डेको लगानी रहेको चलचित्र आउँदो फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु