चलचित्र रातो टिका निधारमाको ‘मेरो माया के हो’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र रातो टिका निधारमाको पहिलो गीत ‘मेरो माया के हो’ सार्वजनिक भएको छ । उक्त गीतमा
निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । सार्वजनिक गीतमा डेब्यु ब्वाई अंकित शर्मा र सम्राज्ञी आरएल शाह फिचर्ड गरिएको छ । निर्माता तथा निर्देशक अशोक शर्माले चलचित्रको रणनीति अनुसार नै रोमान्टिक नम्बर सार्वजनिक गरेको बताएका छन् ।

चलचित्र ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस चलचित्रमा रिएरेञ्ज गरिएको छ, जसलाइ निर्माण पक्षले केहि दिनपछी सार्वजनिक गर्ने जनकारी गरिएको छ । किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस चलचित्रमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुसाललगायतका अभिनय रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।भने कल्याणसँगै शम्भुजित बाँस्कोटाको पनि सङ्गीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन रहेको छ । गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् भने रवी मल्लको शब्द रहेको छ । उक्त गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफ गरेका छन् । उक्त गीतको भिडियोलाई ओएसआर डिजिटलको यूटुबच्यानबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु