‘सम्झिरहन्छु’ भन्दै आए अग्रज गायक नविन के. भट्टराई

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार
nabin-k-bhattarai नविन के. भट्टराई

काठमाडौं । कुनै समय चर्चाको शिखरमा रहेका गायक नविन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। भट्टराईको ‘सम्झिरहन्छु’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतमा नविन आफैंले संगीत भरेका छन् र संगीत संयोजन पनि उनकै छ।

गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोको छायांकन पक्ष निकै सुन्दर छ। भिडियोको छायांकन सौरभ लामाले गरेका हुन्।

भिडियोमा नायिका वर्षा शिवाकोटी र राज कटुवालको अभिनय हेर्न सकिन्छ। मनोरञ्जन क्षेत्रमा काम गर्ने एक कलाकारले आफ्नो प्रेमीलाई समय दिन नसक्दाको अवस्थालाई भिडियोमा चित्रण गरिएको छ। भिडियोको निर्देशन नविना भट्टराईले गरेकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु