नाजिरले दिए कोरोनाका लागि अक्सिजन जुटाउन एक लाख रुपैयाँ

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

काठमाडौंँ । अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् । उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् । संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

‘दर्शकको साथ र मायाले आफु अहिलेको स्थानमा आउन सफल भएको हो’ नाजिरले भने ‘दर्शकलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।’ नाजिरले आफुले आगामी दिनमा पनि सक्दा सहयोग गर्ने बताउँदै सबैलाई पनि सक्दो सहयोग गर्न आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु