उत्कृष्ट रचना, सुमधुर सङ्गीत र स्वरले सजिएको गीत ‘लेख्या माया पाइएन’

म्यूजिक खबर
प्रकाशित: २६ बैशाख २०७६, बिहीबार

काठमाडौं । गायक नारायण थापाको ‘लेख्या माया पाइएन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा शब्द राजेन्द्र थापा तथा स्वर नारायण थापाको रहेको छ । पछिल्लो पुस्ताका चर्चित निर्देशक प्रकाश धितालले निर्देशन गरेको भिडियोमा अञ्जली अधिकारी, कमल सिं र एञ्जिला कार्कीको अभिनय रहेको छ ।

वैँशालु उमेरमा हुने प्रेम रोमान्सको दृश्यलाई शानदार शैलीमा देखिइएको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी गज्जबसँग खुलेकी छिन् । अञ्जली अधिकारीले पछिल्लो समय अभिनयमा एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका बेला यो गीतमा पनि कमालको नृत्य गरेको देख्न सकिन्छ । आभुषण ईन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सब दाहालको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

‘लेख्या माया पाइएन’

कस्तो होला एकनारायण भण्डारीको सिर्जना ? विष्णु माझी राख्दैमा गीत चल्ला त ? लगानी उठ्ला त ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु