• नरेन्द्र प्यासी ‘एकल साँझ’ मा गुञ्जने

    म्यूजिक खबर
    प्रकाशित: ९ फाल्गुन २०७५, बिहीबार

    काठमाडौं । ‘विना बादल असिना पानी फेरि माया लाउला कि बैमानी’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका प्रसिद्ध गायक तथा संगीतकार नरेन्द्र प्यासीको राष्ट्रिय नाचघर जमलमा ‘एकल साँझ’ हुने भएको छ।
    सुगम संगीतको प्रवर्धन गर्ने उद्देश्यले साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या २०७५’ को आयोजना गर्न लागेको हो । कार्यक्रम साँझ पाँच बजे शुरु हुनेछ ।

    साँस्कृतिक संस्थानलाई व्यवसायिक तथा आर्थिक रुपमा सवल बनाउने सोचका साथ उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम प्रमुख प्रभावकरदेव शर्माले बताए।

    प्यासीले एकल साँझमा ‘के भुल भयो प्रिया मसंग बोल्दिनौ, एउटा परदेशी आई, तिमी बिनाको जीवन, म तिम्रो मान्छे बन्‍न सकिन, काठमाडौं छुट्यो हेर्दा हेर्दै, तिम्रो दिलमा चोट लाग्दा, तिमीले दिने माया अजम्बरी छ भने लगायत १५ वटा चर्चित गीतहरु प्रस्तुत गर्नेछन्। उनी हालै मात्र अमेरिकाबाट नेपाल आएका हुन्।

    संस्थानले एकल साँझको टिकट दर दुई सय, पाँच सय र एक हजार तोकेको छ।

     

    नरेन्द प्यासीको ‘वर्णन’ सार्वजनिक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु