असफल प्रेम कथा गाउँदै नरेश र समिक्षा

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । लोकप्रिय सर्जक एवं गायक नरेश खाती र गायिका समिक्षा अधिकारीको स्वरमा ‘हाम फालमकि झुण्डेर मरम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नरेश खाती क्षेत्रीकै लय र शब्द रहेको छ ।
समिक्षा अधिकारी र नरेश खातीको नै अभिनय रहेको गीतको भिडियोमा भने बिक्रम थापालाई समेत देख्न सकिन्छ ।

एक प्रेमी प्रेमिका बिचको वास्तविक प्रेम कहानी भित्र जोडिएको यो गीत दुइ बिचको भित्री प्रेम कथामा बढी जोड दीइएको पाइन्छ। नरेश खाती क्षेत्रीकै निर्देशन रहेको गीतको म्युजिक भिडियो सम्पादन भने मनोज कार्कीले गरेका हुन्।

यसअघि मेक्सम र समिक्षाले गाएको गीत ‘माया मारेर’ ले पनि दर्शक श्रोताको माया पाउन सफल भएको थियो ।
मौलिक सृृजना गर्ने नरेशका धेरैजसो वियोगान्त गीतहरु सुपरहिट छन् । त्यस्तै समिक्षा पनि पछिल्लो समयमा सांगीतिक क्षेत्रमा चम्किरहेकी गायिका हुन् ।

करण चैसिरको छायांकन रहेको भिडियो अहिले नरेश मेक्सम अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ । गीतमा अगाध प्रेम हुँदाहुँदै पनि एक हुन नसकेको प्रेमको भित्री कथा व्यक्त गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु