नेसशल बक्स अफिस फिल्म फियर अवार्ड

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७६, बुधबार
Box Office Film Fare Award

काठमाडौं । १२ औं नेसशल बक्स अफिस फिल्म फियर अवार्ड २०७६ को लागि ८३ चलचित्र प्रतिस्पर्धामा उत्रेका छन् । हाल बाँकी छुटेका केही चलचित्रको दर्ता कार्य भैरहेको छ । आगामी मार्चमा जापानको गुभाकेनमा उत्कृष्ट पाँचको मनोनयन सार्बजनिकको तयारी भैरहेको आयोजक बक्स अफिस ईन्टरनेशनल ग्रुपले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ । यसभन्दा अगाडि ११ औं नेशनल बक्स अफिस फिल्म फियर अवार्डको संस्करणले नेपाली चलचित्र इतिहासमै पोहिलो पटक मलेसियामा पत्रकार सम्मेलन, सिंगापुरमा उत्कृष्ट पाँच मनोनयन सार्बजनिक, जापान टोकियो टावरमा अवार्ड फाईन र अस्ट्रेलिया समापनको कार्यक्रम आयोजना सफलतापूर्बक गरि दुर्लभ ऐतिहासिक कृतिमान कायम गरिसकेको छ । बिश्वमै पोहिलो पटक समुन्द्र मुनि, समुन्द्र माथि, उडिरहेको हवाईजहाज र बिश्वको सर्बोच्च शिखर सगरमाथामाको आधार सिविरमा अवार्ड आयोजना गरि गिनिज बुक अफ वर्ड रेकर्डमा समेत नाम लेखाएको नेसनल बक्स अफिस फिल्म फियर अवार्डका अध्यक्ष राम बाहादुर सुवेदी ‘आर.के.’ ले आफ्नो १२ आंै संस्करणको पत्रकार सम्मेलन कोरिया र उत्कृष्ट पाँच मनोनयन जापान र ग्राइन्ड फाईनल कार्यक्रम आयोजनाको लागि मिति र देश, अवार्ड भिनु फाईनल भैसकेको बताए ।

त्यसैगरी १२ औं संस्करणको तयारीमा जुट्नु अघि ११ औं नेशनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाले अंग्रेजी वर्ष २०१९ लाई बिदा र २०२० लाई स्वागत गर्दै ११ आंै नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड अष्ट्रेलिया संस्करण अन्तर्गत विजय नामावलीहरु सार्वजनिक गरिएको छ । २०१८ मा रिलिज भएका चलचित्रहरुलाई लक्षित गरी बक्स अफिस इन्टरनेशनल ग्रुपले ११ आंै पटक आयोजना गरेको नेशनल बक्स अफिस फिल्म फेयर अवार्डमा चलचित्र ‘प्रेमगीत २’ का अभिनेता प्रदिप खड्का चलचित्र पंचायतबाट नायिका नीता ढुंंगाना बक्स अफिस उत्कृष्ट अभिनय गर्ने नायिका घोषित भएकी छन् भने २०१८ मा ८३ चलचित्र प्रदर्शन मध्ये चलचित्र घामपानीले उत्कृष्ट चलचित्रमा बाजी मारेको छ । चलचित्र घामपानी मौलिक विषयवस्तु उठान, आम जनमानसको जीवनसँग मेल खाएको र बक्स अफिसमा पनि उत्कृष्ट कारोबार गरेको थियो । ९ सदस्यीय जुरीहरुले निकै लामो समय लगाएर छनोट गरेको नेशनल बक्स अफिस फिल्म फेयर अवार्डमा चलचित्र पंचायतबाट शिवम् अधिकारी उत्कृष्ट निर्देशक घोषित भएका छन् ।

नेपाली चलचित्र इतिहासमा पहिलो पटक मलेसियामा पत्रकार सम्मेलन, सिंगापुरमा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, टोकियो जापानमा अवार्ड सावजनिक, अष्ट्रेलियामा समापन गरेको सो अवार्डको ११औ संस्करणमा छक्का पन्जा २ बाट सम्पादकमा विपिन मल्ल, ए मेरो हजुर २ बाट छायांकनमा सञ्जय लामाले बाजी मारेका छन् । त्यसैगरी सह–अभिनेत्रीमा रोजिसा शाही ‘ग्यांगस्टार ब्लुज’ सह–अभिनेतामा सलोन बस्नेत ए मेरो हजुर २, चरित्र अभिनेतामा शत्रुगतेबाट हरिवंश आचार्य र चरित्र अभिनेत्रीमा मंगलमबाट मिथिला शर्मा विजयी भएका छन् । त्यस्तै वर्षको उत्कृष्ट नव–निर्देशकमा दिपेन्द्र लामा चलचित्र घामपानीबाट विजयी भएका छन् । नव–नायकमा सलिनमान बानियाँ ए मेरो हजुर २, नवनायिकामा सारा शिरपाली रुद्रले बाजी मारेका छन् । त्यसैगरी चलचित्रको सशक्त पक्ष मानिने पटकथामा ‘छक्का पन्जा २’ बाट दिपकराज गिरी सर्वोत्कृष्ट पटकथाकार भएका छन् भने कथातर्फ भने चलचित्र ‘घामपानी’बाट दिपेन्द्र लामा अवार्डका हकदार भएका छन् । अवार्डमा चलचित्र ऐश्वर्यबाट प्रशान्त ताम्राकारले उत्कृष्ट खलपात्रमा बाजी मार्दा हाँस्य कलाकारतर्फ ‘म यस्तो गीत गाउँछु’बाट राजाराम पौडेल वर्षको उत्कृष्ट हाँस्य कलाकार घोषित भएका छन् । बालकलाकारमा ‘ए मेरो हजुर २’ बाट अनुभव रेग्मी, द्वन्द्वमा ‘प्रेमगीत २’ बाट अष्ट महर्जन र नृत्यतर्फ ‘कान्छी’ बाट बसन्त श्रेष्ठले बाजी मार्नुका साथै गायिकामा भने चलचित्र ऐश्वर्यको ‘तिमी रोएको पल’ बोलको गीतबाट अन्जु पन्तले अवार्ड हात पार्न सफल भइन । गायक सुगम पोखरेल यसै गीतबाट वर्ष २०१९ को उत्कृष्ट गायक घोषित भएका छन् । त्यसैगरी यो वर्ष बजार तताएको ऐश्वर्य चलचित्रको ‘तिमी रोएको पल’ गीतबाट अर्जुन पोखरेल उत्कृष्ट संगीतकार र गीतकार बन्न पुगे ।
त्यसैगरी कुनैपनि चलचित्रलाई उत्कृष्ट हुँदै सर्वोत्कृष्ट बनाउँन प्राविधिकहरुको अहम् भूमिका रहन्छ । नेशनल बक्स अफिस फिल्म फेयर अवार्डअन्तर्गत वर्षको उत्कृष्ट ध्वनि मिश्रणमा सत्यमान श्रेष्ठ छक्का पन्जा २, वर्षको उत्कृट पाश्र्व संंगीतमा रोहित शाक्य घामपानी, एनिमेशनमा सत्यम राणा रुद्र र मेकअपमा निमा राई पन्चायत उत्कृष्ट प्राविधिक ठहर भइ अवार्डबाट सम्मानित भएका छन ।

त्यस्तै नेशनल बक्स अफिस फिल्म फेयर अर्वाडको आयोजक संस्थाले पर्दा पछाडीको खास सिनेमाको पिलरहरुलाई हौसला बडाउँन स्थापनाकाल देखि नै निरन्तर बितरन गर्दै आएको वर्षको उत्कृष्ट पाँच वितरकमध्ये वर्षको सर्वाधिक व्यापार गरेको ‘ए मेरो हजुर २’का वितरक गोविन्द शाही उत्कृष्ट वितरकका रुपमा सम्मानित भएका छन् । त्यस्तै वर्षकै अर्को सफल चलचित्र ‘कान्छी’का पोष्टर डिजाइनर सुन्दर श्रेष्ठ उत्कृष्ट पोस्टर डिजाईनर घोषित भएका छन् । वर्षको बहुचर्चित सफल चलचित्र ‘छक्का पन्जा २’ का सुमन गिरी ‘भान्जा’ वर्षको उत्कृष्ट पोडक्सन डिजाईनर अवार्डका हकदार बनेका छन् भने सिनेमा हलमा ३०० वटा हलबाट छनोट हुँदै राजधानीको अष्ट नारायण हलका संचालक त्रिरत्न मानन्धर उत्कृष्ट हल व्यवसायी भएका छन् । अवार्डको स्टुडियो विधामा भने सिने जोनबाट रजत बुढाथोकी सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ट प्रोमोमा चलचित्र ‘कृ’ले बाजी मारेको छ । यो चलचित्रले प्रामोकै कारण सिनेमा हलमा दर्शक तान्न सफल बनेको थियो । अवार्ड आयोजना विधामा ‘ईमेज म्यूजिक अवार्ड’लाई वर्षको सफल अवार्ड आयोजकका रुपमा सम्मानित गरिएको छ ।

त्यसैगरी डिजिटल कारोबारमा ‘म्यूजिक नेपाल’लाई नेशनल अवार्डले उत्कृष्ट डिजिटल कारोबार गर्ने संस्था घोषणा गर्दै वर्षको उत्कृष्ट निर्मातामा भने ‘प्रेमगीत २’ का निर्माता सन्तोष सेनलाई अवार्डबाट सम्मानित गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु