अर्जुन थापाको नेतृत्वमा प्रतिष्ठानको उपत्यका समन्वय समिति

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७९, बिहीबार
National folk and duet song academy valley coordination committee

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको उपत्यका समन्वय समितिमा अर्जुन थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको १७ औं साधारणसभा एवं छैटौं अधिबेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षको प्रत्यासी जमुना सनमलाई भारी मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।

उपत्यका समन्वय समितिको वरिष्ठ उपाध्यक्षमा रामु खड्का, प्रथम उपाध्यक्षमा प्रसाद लामिछाने, द्वितीय उपाध्यक्षमा मदन परियार र महिला उपाध्यक्षमा शर्मिला कँडेल निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा रमेशबाबु थापा, सहसचिवमा राजेश ढकाल र दिनेश क्षेत्री, महिला सचिवमा सुनितामी परियार, कोषाध्यक्षमा डोलराज बाह्रघरे, सहकोषाध्यक्षमा प्रितम थापा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा मिरा गोर्खाली, प्रेम अर्याल, रञ्जित परियार, भूमिका गिरी, नीर आले मगर, अञ्चल शाही, साधुराम रोका, शैलेश राना, आरसी कोइराला, दिपक आचार्य, विमल परियार, डोल्मा लामिछाने, राजेश बर्देवा, प्रकाश पराजुली, दिपेन्द्र पुन, प्रकाश दुतराज, विशाल रायमाझी, निरु श्रीष मगर, सविता परियार, प्रतिभा सापकोटा, क्षितिज गुरुङ रहेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको १७ औं साधारणसभामा प्रतिष्ठानका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, उपत्यका समन्वय समितिका ८ वटा अध्यक्षहरु, विभिन्न जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरु लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु