नौ जना गायक गायिकाको स्वरमा ‘लाग्यो असार’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७६, शुक्रबार

९ जना गायक गायिकाको स्वर रहेको असारे गीत ‘लाग्यो असार’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नवराज घोरासाईनी, उद्धब कार्की, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जीवन वडु, पार्वति कार्की, सपना कुवर र मिङमा लामाको स्वर रहेको छ । गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावनजेले बताए । उक्त्त गीतको शब्द तथा संगीत संयोजन प्रभावन जे, एरेन्ज भुवन प्रकाश बडु, मिक्सिङ मास्टरिङ जिवन वडु, रेर्कष्टि मनोज डङगोलले गरेका हनु भने बिग परिवेष रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु